काठमाडौँ, २४ फागुन
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो ।


सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्ने फुङ्जु लामासहित सगरमाथा आरोही नायिका निशा अधिकारी, नेत्री विना मगरलगायत हुनुहुन्छ । सम्मानित महिला आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कदरपत्रद्वारा सम्मान गर्नुभयो ।
राज्यमन्त्री ठकुरीले समाजको संस्कारसँग लड्न सगरमाथा आरोहणभन्दा पनि कठिन रहेको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने सन्देश दिएको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज सम्मानित हुने कीर्तिमानी महिलालाई सगरमाथा आरोहण गर्न बरु सजिलो लाग्यो होला तर यो समाजको संस्कारसँग लड्न गाह्रो हुन्छ । किनकि अझै पनि समाजबाट निस्केर अघि बढ्न महिलालाई कठिनाइ छ ।”
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










