सरिता गैह्रे, काठमाडौं

मनोहरा जेसीज बर्ष २०२३ सामाजिक कृयाकलापमा अग्रसर देखिएको छ । जेसीज का चार क्षेत्र मध्य समाज पनि एक महत्वपूर्ण क्षेत्र रहेको भन्दै जेसीज अध्यक्ष सुजिन प्रकाश थापाले सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिने बताएका छन् । समाजिक क्षेत्र तर्फ मनोहरा जेसीज २०२३ ले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्ग बिद्यालयलाई सहयोग प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ स्थित श्रीजनसिल अपाङ्ग पुनर्स्थापना बिद्यालयमा अपाङ्ग बालबालिकालाई शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गर्ने कार्य गरेको छ। अध्यक्ष जेसि शुजिन प्रकाश थापाको अध्यक्षतामा सम्पन्न सहयोग कार्यक्रममा सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक जेसि सरिता गैह्रे, सस्थाका अध्यक्ष तथा बिद्यालयका प्राचार्य, संचालक लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । सहयोग कार्यक्रमलाई सफल बनाउन मनोहरा जेसीजका अध्यक्ष जेसि सुजिन प्रकाश थापा, तालीम आयुक्त जेसि अस्मिता बोहरा, प्रेस तथा मिडिया संयोजक जेसि सरिता गैह्रेले स्वैच्छिक रुपमा विभिन्न सामग्रीहरु सहयोग गर्नु भएको थियो । कार्यक्रममा मनोहरा जेसीजका कार्यकारीणि उपाध्यक्ष जेसि उमेश भट्टराई, महासचिव प्रमिला चापागाईं, तालिम आयुक्त जेसि अस्मिता बोहरा, मिडिया संयोजक जेसि सरिता गैह्रे, सदस्य जेसि पुजा डङोल लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ