रसुवा, २६ फागुन
रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङ्स्थित क्याङ्जेन, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ र नाकथलीलगायत क्षेत्रमा पछिल्लो समय बाक्लो सङ्ख्यामा आन्तरिक पर्यटकको पनि आगमन हुन थालेको हो ।
रसुवास्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार गत साउनदेखि हालसम्म १२ हजार छ सय ८० आन्तरिक पर्यटकको आगमन भइसकेको र पछिल्लो समय दैनिक २० भन्दाबढी पर्यटकको आगमन भइरहेको छ ।


हिमाली क्षेत्रमा पुगेका विदेशी पर्यटकका लागि खान र बस्न सुविधा पु¥याउने उद्देश्यका साथ विसं २०३५ देखि लाङ्टाङको क्याङ्जेनबाट सुरू गरिएको होटल व्यवसाय अहिले पैदलमार्गका विभिन्न स्थानमा सञ्चालनमा छन् ।
गत आवमा रु एक करोड ७५ लाख २३ हजार छ सय १४ सङ्कलन गरेको निकुञ्जले यस वर्षको सात महिनाकै अवधिमा उल्लेखनीय राजस्व वृद्धि गर्न सफल भएको निकुञ्जका वन प्राविधिक सुनिल राउतले जानकारी दिनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










