काठमाडौँ, २ चैत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्ररेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार’सम्बन्धी छलफल कार्यक्रममा सचिव पोख्ररेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न प्रमुख कठिनाइ रहेकाले सेवासुविधामा वृद्धि गरी दुर्गम क्षेत्रमा जनशक्तिलाई टिकाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो ।

“जनशक्ति व्यवस्थापन हुन नसक्नु प्रमुख समस्या हो । सबै कर्मचारी केन्द्रित हुन चाहन्छन् । दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखा परेको छ”, सचिव पोख्ररेलले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रका जनशक्ति चौबिसैँ घण्टा तयार रहनुपर्ने भएकाले स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि दुर्गम क्षेत्रमा कर्मचारीको आकर्षण बढाउन पारिश्रमिकलगायत अन्य सुविधालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा निःशुल्क प्राप्त गर्ने औषधिमा अनुगमन गर्न, सबै सरकारी अस्पतालबाट बीमा सेवा प्राप्त गर्न, सबैको स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउन, सरकारी अस्पताललाई सुदृढ बनाउन, म्याद नाघेका औषधि बिक्री वितरणमा रोक लगाउने गरी नियमन गर्नेलगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ