दमौली, १३ वैशाख
तनहुँ क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
धार्मिक आस्थालाई आर्थिक समृद्धिसँग जोड्न सकिने भन्दै वाग्लेले देवघाट गाउँपालिकाका पिछडिएको क्षेत्रलाई विकासको मूलधारमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।


प्रतिनिधिसभा सदस्य वाग्लेले राजनीतिलाई मागी खाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य रास्वपाले गर्ने बताउनुभयो । टीका लगाएर पद पाउने मोडलले राजनीतिलाई भ्रष्ट बनाएको बताउँदै उहाँले भन्नुभयो, “कुनै ठाउँको टिकट दिनुपर्दा माथिबाट टीका लगाएर पठाइदिने होइन, सम्बन्धित ठाउँका जनताले त्यहीबाट छान्ने हो ।”
अन्य क्षेत्रमा नाम कमाएर सफल भएकालाई भित्र्याएर बढीमा दुई पटक अवसर दिने परम्परा सुरु गरिने बताउँदै उहाँले भन्नुभयो, “एउटै मान्छे आजीवन लडिरहने प्रवृत्तिको अन्त्य गरिनेछ । कार्यकर्ताको भद्दा संरचनाले विकृति बढाएको छ । रास्वपा त्यसतर्फ जाँदैन ।”
सो अवसरमा सांसद वाग्लेलाई देवघाटका धार्मिक प्रतिष्ठान, विभिन्न सङ्घसंस्था तथा सर्वसाधारणहरुले स्वागत एवं बधाई दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बलबहादुर क्षेत्रीलगायतका नेताले सांसद वाग्लेसमक्ष देवघाटका समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










