दमक, १६ वैशाख
दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले रु ५० लाख प्रदान गर्नुभएको छ ।


आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उहाँले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहनुभएका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा भगवान् कोइरालालाई चेक प्रदान गर्नुभयो ।
रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका डा रिजालले बाल अस्पताललाई सहयोग पु¥याउन आफूले स्वेच्छिक सहयोग पु¥याएको बताउनुभयो ।
उहाँले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यसअघि अस्पतालको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउन्डेसनबीच सीमान्तकृत एवं विपन्न समुदायका बालबालिकाको स्वास्थ्योपचार सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।
कार्यक्रममा डा कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पु¥याउनकै लागि देशका सातवटै प्रदेशमा कम्तीमा एक–एकवटा यस किसिमका बाल विशिष्टिकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताउनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










