गोदावरी, २१ वैशाख
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठन निर्माणमा अहोरात्र खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आज सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण विशेष अभियान समीक्षा भेलाको उद्घाटन गर्दै उहाँले सङ्गठन निर्माण र जनजीविकाका मुद्दामा केन्द्रित भएर अहोरात्र खट्न निर्देशन दिनुभयो । अध्यक्ष नेपालले उपनिर्वाचनको परिणामले पुराना दल सक्किने होइन, सच्चिनु पर्छ भन्ने सन्देश दिएको टिप्पणी गर्नुभयो । देश र जनताका पक्षमा काम गर्न सकिएन भने जनता निराश हुने भन्दै उहाँले पुराना दल सच्चिनुको विकल्प नभएको बताउनुभयो ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










