काठमाडौँ, २२ वैशाख
मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले आफूबारे गतल प्रचार भएको भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गर्नुभएको छ ।


प्रमुख यादवले शक्तिको दुरुपयोग गरी नगरपालिकाका स्थानीय पक्की घर तथा भवनमा डोजर चलाउन आदेश दिएको भनी सञ्चारमाध्यमले गलत प्रचार गरेको भन्दै आपत्तिसमेत जनाउनुभएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी उहाँले नगरपालिकाको कानुनसम्मत् कदमलाई लिएर गलत समाचार प्रवाह गरिएको जनाउनुभएको हो ।
बुधवार स्थानीयले सो नगरपालिकामा पत्रकार सम्मेलन गरी व्यापारी र वडाबासीको वर्षौदेखि बसोबास रहँदै आएको मिर्चैयाको २ (क) को २५६ नम्बर र २ (ख) को ६० नम्बर जग्गामा बनेका पक्की घर र भवनमा डोजर चलाउन मेयर यादवले आदेश दिएको आरोप लगाएका थिए । उनीहरुले प्रमुख यादवले शक्तिको दुरुपयोग गरी गलत कदम चालेको र आफूहरुको उठिबास लगाएको आरोप लगाएका थिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










