काठमाडौँ, २३ वैशाख
गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ ।
गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव आज मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो ।


लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । मृतक दवाडी ठमेलको भारल ट्रेकिङमार्फत पदयात्रामा गएका थिए । वैशाख १८ गते उक्त क्षेत्रमा हिमपात भएको थियो ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले दवाडीको शवलाई सामागाउँबाट काठमाडौँ ल्याउनका लागि टानले पहल गरिरहेको बताउनुभयो । काठमाडौँ ल्याउन लागिएको उक्त शव परीक्षण गरेपश्चात् परिवारलाई बुझाइनेछ ।–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










