गण्डकी, ३ जेठ
नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहनुभएका उहाँको उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतलामा मङ्गलबार निधन भएपछि आज पोखराको रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको हो । बरालको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, महामन्त्री विषणुप्रसाद लामिछाने, नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललगायतले सामूहिकरुपमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली गर्नुभएको थियो ।

बुबा दशरथ र आमा सेतुमायाबाट २०३१ साल पुसमा जन्मनुभएका उहाँका दुई श्रीमती नमीता र तुलसी, छोरा सन्देश, छोरीहरू ज्योति र स्मृति हुनुहन्छ । बरालको निधनमा दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शोक विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ