काठमाडौँ, १०

चैत
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकc बताउनुभएको छ ।

लामो समयदेखि निरन्तर संसद् बैठक अवरुद्ध भएकाले कानुन निर्माण गर्न नसकी अध्यादेश ल्याउनुपर्ने अवस्था आएको उहाँले आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा जानकारी गराउनुभएको हो । जनसङ्ख्याको ७५ प्रतिशतको प्रतिनिधित्व गर्ने मन्त्रालयमा बजेट धेरै न्यून रहेको उल्लेख गर्नुहुँदै उहाँले चालु आर्थिक वर्षमा मात्र रु एक अर्बभन्दा बढी पु¥याउन सफल भएको सुनाउनुभयो ।

“मन्त्रालयका लागि धेरै ठाउँमा लबिङ गरेर बजेट रु एक अर्ब ४५ करोड बनाइएको छ, आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल सुरु भएको छ, यौनजन्य हिंसासम्बन्धी कार्यक्रम समावेश गर्न सबैले पहल गरौँ, एउटा मात्र राम्रो कार्यक्रम समावेश गरेर कार्यान्वयन गर्न सकियो भने पनि धेरै उपलब्धि हुन्छ”, उहाँले भन्नुभयो ।

राज्य सङ्घीय संरचनामा गएसँगै जिल्लामा रहेको महिला विकास शाखा खारेज भएसँगै सम्पर्क कार्यालय पनि नहुँदा काम गर्न समस्या भएको उल्लेख गर्नुहुँदै उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कम्तीमा एउटा जिल्लामा चारजनामात्र कर्मचारी राखेर भए पनि सम्पर्क कार्यालय स्थापनाको तयारी गरिएको बताउनुभयो । यसका लागि अर्थ मन्त्रालयसँग पनि छलफल भइरहेको मन्त्री रेग्मीले जानकारी गराउनुभयो ।

यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला महिला मन्त्रालय र आयोग स्थापना भएको सुनाउनुहुँदै उहाँले यसपटक पनि जिल्लामा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका समस्या सुन्नका लागि सम्पर्क कार्यालय स्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

“महिला राष्ट्रपति भएकाले महिला दिवसको कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रण दिन समय माग गर्दा पनि महिला मन्त्रीले पाउन सकिनँ, पदमा पुगेपछि आग्रह पूर्वाग्रह राख्नु हुँदैन, मैले लामो समय अन्तरपाटी महिला सञ्जालको अध्यक्ष भएर काम गरेँ, पदमा पुगेपछि कहिल्यै पनि राजनीतिक आग्रह पूर्वाग्रहका भरमा काम गरेको छैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ फागुनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिलसमेत गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभएको छ, “स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।” नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागनु ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ । लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गर्नुभएको छ । कावा प्रमुख आयुक्त भण्डारीले उल्लेख गर्नुभएको छ, “लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।” स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उहाँले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ”, उहाँले भन्नुभएको छ । –––

भर्खरै

ट्रेन्डिङ