
रेबा घिमिरे
विराटनगर,


५ जेठ
विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिनुभएको छ ।
यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार ७३७ मतले पछाडि रहनुभएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार महानगर प्रमुखका उम्मेदवार कोइरालाले १९ हजार १७३, नेकपा एमालेका सागर थापाले १४ हजार ३३८, स्वतन्त्र उम्मेदवार उमेश यादवले छ हजार १८७ र राप्रपाका प्रल्हादप्रसाद साहले तीन हजार ७०८ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी उपप्रमुखमा नेकपा (एमाले)को शिल्पा निराला कार्कीले १६ हजार ५५२, गठबन्धन दलतर्फका यादवले नौ हजार ८१५, राप्रपाको विन्दाकुमारी लुइँटेल आचार्यले चार हजार ४९३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले तीन हजार ५४९ मत प्राप्त गर्नुभएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














