रेबा घिमिरे
काठमाडौँ, २२ फागुन
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७र७८ को सो प्रतिवेदन पेश गर्नुभएको हो । उहाँले आजै सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७र७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा ९३० बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आव २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालय प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














