नेपाली कांग्रेस बागमती प्रदेशको आमन्त्रित सदस्यमा मकवानपुरका पुरुषोत्तम ठकुरी मनोनित भएका छन् । ठकुरी लामो समय देखी नेपाली कांग्रेसको संगठन निर्माणमा योगदान गरेका कारण उनलाई प्रदेश सभापति ईन्द्र बहादुर बानियाले प्रदेश आमन्त्रित सदस्यमा मनोनित गरिएको बताए ।


कांग्रेसलाई समस्या परेका बेला आफ्नो स्वार्थ नहेरी पार्टीलाई निरन्तर सहयोग गरिरहेका तर मौका नपाएका नेता कार्यकर्तालाई अगाडी बढाउने निति लिएको सभापति बानियाले बताए ।आमन्त्रित सदस्यको मनोनित पत्र प्रदान गर्दै सभापति बानियाले पार्टिको विधानमा रहेर संगठनलाई थप मजबुत बनाउन र समस्यामा परेका जनताको सेवामा लाग्न निर्देशन दिएका छन् । सो अवसरमा आमन्त्रीत सदस्य मनोनित पुरुषोत्तम ठकुरीले पार्टिलाई थप सशक्त वनाउदै लैजान ग्रामिण, शहरी हरेक क्षेत्रमा तल्लोतह देखीनै संगठन विस्तार र मजबुत बनाउन लागिपर्ने बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










