काठमाडौँ, १३ फागुन
विस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने सोँचका साथ नगरपालिका अगाडि बढेको जानकारी दिनुभयो ।
स्थानीय ऋचा सह शिक्षा सदनको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले काठमाडौँ उपत्यकाभित्र शैक्षिक केन्द्रका रुपमा नगर क्षेत्रलाई विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको बताउनुभयो । शैक्षिक क्षेत्रलाई जनउपयोगी एवं बहुउपयोगी बनाउनका लागि यस क्षेत्रमा आबद्ध भएका सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग जरुरी रहेको भन्दै नगर प्रमुख गिरीले कोरा शैक्षिक ज्ञानभन्दा पनि विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।


उहाँले आफ्नो सानो प्रयासलाई यस क्षेत्रका अभिभावक र विद्यार्थीले साथ दिएकामा प्रसन्नता व्यक्त गर्नुभयो । सो अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगरप्रमुख गिरीले सम्मान गर्नुभएको थियो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










