नेपालगञ्ज, २३ फागुन
बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । बराल स्थानीय दीपज्योति बोर्डिङ स्कुल तथा भट्टराई ज्ञानज्योति स्कुलमा अध्ययनरत थिए ।


सिमरी नदीको बन्दा नहरमा नुहाउन गएका पाँचमध्ये दुई जना डुबेको सूचना मृतकका आफन्तले प्रहरीलाई दिएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










