काठमाडौँ, २६ वैशाख
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री डा प्रकाशशरण महतले यही वैशाख २४ गते प्रस्तुत गर्नुभएको विनियोजन विधेयकमाथि छलफलमा सांसद ठाकुरप्रसाद गैरेले दलाल पुँजीलाई अन्त्य गरेर राष्ट्रिय पुँजीको विकास गरेर देशको अर्थतन्त्र विकास गरी देशमा तमान रोजगारीको सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद दुर्गा राईले देशभर रहेको बाँजो जमिनलाई उत्पादनमा लगाई व्यावसायिक खेती गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी मुलुकको आर्थिक स्थितिलाई सुधार गर्नुपर्ने सुझाव दिनुभयो । सांसद नागिना यादवले अर्थतन्त्र धरासायी बन्दै गएकाले आर्थिक अवस्था सुदृढ बढाउने खालको बजेट निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । सांसद अच्युतप्रसाद मैनालीले बजेट विनियोजन गर्दा मुख्य प्राथमिकताको आधार तय गरेर गर्नुपर्ने र उत्पादनमूलक काममा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

सांसद सुशीला थिङले नेपालमा विद्युतीय गाडी, इन्डक्सन चुलोको प्रयोग गर्नुपर्ने र नेपालमा जति पनि काम सबै बिजुलीको उपयोग गर्दा नेपालको अर्थतन्त्रमा सुधार आउने सुझाव दिनुभयो । सांसद विद्या भट्टराईले दैनिक दुई हजार पाँच सय युवा विदेशिएको कुरालाई वास्ता नगरिएको, आत्मनिर्भर अर्थतन्त्र र युवा पलायत रोक्ने खालको बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद सरस्वती बजिमायाले प्राथमिकताका आधारमा बजेट विनियोजन नगर्दा उत्पादनमूलक क्षेत्रमा बजेट लगानी हुन नसकेको हुँदा आगामी दिनमा त्यस कुरालाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सांसद दामोदर भण्डारीले राष्ट्रिय अभिभारा पूरा गर्न नसक्ने खालको बजेट आएको तर शिक्षा, स्वास्थ्यजस्ता कुरामा ध्यान दिन नसकेको सुझाव राख्नुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ