२ साउन एएनआई) :
भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका भारतीय सेनाका अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
भारतीय सेनाको विशेष बल राष्ट्रिय राइफल्स र जम्मुकश्मीर पुलिस र अन्य बलसहितको संयुक्त अभियान सोमबार पुन्चको सिन्धारा क्षेत्रमा सञ्चालन गरिएको जनाउँदै उनीहरूले राति करिब ११.३० बजे आतङ्ककारीहरूसँग पहिलो मुठभेड भएको बताएका छन् । सोही रात निगरानीका अन्य उपकरणसहित ड्रोन तैनाथ गरिएको थियो ।


मङ्गलबार बिहानैदेखि सुरक्षा बल र आतङ्ककारीबीच भीषण गोली हानाहान भएको थियो । संयुक्त कारबाहीमा मारिएका आतङ्ककारी विदेशी आतङकवादी भएको अनुमान गरिएको छ । उनीहरुको पहिचान स्पष्ट भइनसकेको र थप जानकारीको प्रतीक्षा गरिएको भारतीय सेनाले जनाएको छ ।
गत आइतबार पुन्च जिल्लाको नियन्त्रण रेखा (एलओसी) मा आतङ्कवादीहरूको घुसपैठको प्रयासलाई भारतीय सेनाले विफल पारेको थियो । आइतबार रातिदेखि सोमबार बिहानसम्म पुन्च नदी नजिकै एलओसीमा भएको दोहोरो झडपमा दुई जना आतङ्ककारी मारिएका थिए ।
––– रासस
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














