नेपाली कांग्रेसले तीनदिने राष्ट्रियस्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेताहरूले समावेशिता र समाजवाद,गत निर्वाचनको घोषणापत्र र आगामी दिनको अर्थनीति, प्रतिपक्षको आरोपको प्रतिवाद र दलितका मुद्दाहरू बिषयहरुमा तालिम दिएका थिए । नेपाली कांग्रेस चितवनको आयोजनामा कार्यक्रम तीन दिन सन्चालन भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक प्रशिक्षण विभागका पूर्वसंयोजक विमलेन्द्र निधि, पार्टी नेता गोविन्दराज पोख्रेल, कांग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरर प्रकाश रसाइलीले प्रशिक्षण दिए ।


नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, कांग्रेसको केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्य, पार्टीको वाग्मती प्रदेशका प्रशिक्षण शाखाका निर्देशक राजु नेपाल, डा सञ्जय चौधरी, एकनारायण पौडेल, प्रकाश अधिकारी, केशव चालिसेले समसामयिक राजनीति र प्रविधिका बारेमा प्रशिक्षण दिएका थिए ।
जिल्लाका ५३ जना अगुवा कार्यकर्ता तालिममा सहभागी भएका थिए । शनिबार अबेर तालिमको समापन गरिएको हो । तालिममा सहभागीहरूले पार्टीको नीति र अभियानलाई गाउँगाउँमा पुर्याउने तालिमका संयोजक नेपाली कांग्रेस चितवनका प्रशिक्षण शाखाका संयोजक शालिकराम पौडेलले जानकारी दिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














