काठमाडौँ, १२ कात्तिकः बङ्गलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्ध हुनुभएको छ ।

जनकपुर बोल्ट्सले बुधबार अबेर राति सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै उहाँलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

चौबिस वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले यु–१९ विश्वकप जित्दा टोलीका सदस्य हुनुहुन्थ्यो । उहाँले सन् २०२०–२१ को बङ्गबन्धु टी–२० कपमा ४२ बलमै शतक बनाउनुभएको थियो । सन् २०२५ मा उहाँले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टी–२० अन्तरराष्ट्रियमा पनि शतक प्रहार गर्नुभएको थियो ।

उहाँले हालसम्म ४० टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेल्नुभएको छ । इमोनले पाकिस्तान प्रिमियर लिग (पिएसएल) खेलिसक्नुभएको छ । एनपिएल उहाँका लागि दोस्रो विदेशी लिग हुनेछ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ