१२ कात्तिक, काठमाडौं । बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ । सम्भावित विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।



भारी वर्षाका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा नगर्न र वर्षाका समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ ।
यतिबेला झापाका किसान पाकेको धान भित्र्याउने चटारोमा छन् । तर, मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न किसानलाई विशेष अनुरोध गरेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














