नेपाल राष्ट्र बैंकले यस बर्षको दशैदेखि नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको छ। बार्षिक सरदर साढे १ अर्ब रुपैयाँ नयाँ नोट खर्च हुने भएको र एक दुई महिनामै पुरानो हुने समस्याको कारण यो बर्षको दशैदेखि केन्द्रिय बैंकले नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए।
राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए । उक्त योजना यस पटकको दशैंबाट लागू गरिने डा. पोखरेलले जानकारी दिएका छन् ।



उनले भने, ‘ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौं ।’
दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ।
याँ नोट छाप्दाको आर्थिक भार कम गर्नुपर्ने तथा डिजिटल कारोबारलाई बढावा दिनुपर्ने भएकाले यस्तो निर्णय लिइएको हो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














