काँक्रेविहार (सुर्खेत), १७ जेठ


: यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा पुगेका जाजरकोट नलगाड नगरपालिका–११ निवासी ४३ वर्षीय लोकबहादुर सिंहको मृत्यु भएको छ ।
डोल्पो बुद्ध गाउँपालिका–३ धो–टास्कीको तीनजङ्खोला पाटनमा यार्सागुम्बा सङ्कलनका लागि पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा काइके गाउँपालिका–७ को लैनीमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरामी भएर जेठ १२ गते धोबाट दुनैतर्फ आउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले जानकारी दिनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










