काठमाडौँ१५ असार :

। ट्राफिक प्रहरीले गृहमन्त्री र गृह मन्त्रालयका सचिव चढ्ने गाडीको कालो सिसा हटाएको छ । गृहमन्त्री सुधन गुरुङ र सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो ।

कालो सिसाको स्टिकर हटाउन डीएसपी सुनिलजंग शाह सिंहदरबार पुगेका हुन् । ट्राफिक प्रहरीलाई बोलाएर कालो सिसा हटाउन लगाइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ