रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डल पर्यटक सम्पर्कविहीन भएको जनाएको हो ।

तीमध्ये सम्राट टुर्स एन्ड ट्राभल्सबाट ७१ जना (५९ भारतीय र १२ नेपाली) सम्पर्कविहीन भएका छन् । काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन् । जसमा १ विदेशी र १५ नेपाली छन् ।

रसुवामा आएको बाढीका कारण नेपाली कांग्रेसले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले सबै कार्यक्रम रोकेर अब उद्धार तथा राहतमा जुट्नकेन्द्रित हुन आग्रह गरेका हुन्। भोटेकोशी-त्रिशूली बाढीले आज जनधनको क्षति गरेको छ।

सभापति थापाले बाढीले ठूलो जनधनको क्षति भएको र विस्तृत विवरण आइनसकेको केन्द्रीय समितिमा बताएका थिए।  ‘यसबेला हामी सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ, सरकारलाई नै यो बेला सबैले सहयोग गर्नुपर्छ,’ सभापति थापाले भने, ‘घटनापछि संसदीय दल नेता र रसुवाका सांसदलगायतले सरकारले बोलाएको बैठकमा पुगेर सरकारलाई सम्पूर्ण रूपले साथ र सहयोग रहने कुरा बताइसक्नुभएको छ।’

उनले स्थानीय जनप्रतिनिधि लगायतसँग सम्पर्क भइराखेको र आफू सुरक्षित रहेर उद्धार तथा राहतमा जुट्न भनिएको पनि बताए। ‘जसले जहाँ जे सक्छ समन्वय गर्ने, उद्धार र राहतमा खटिन साथीहरूलाई भनेका छौं,’ उनले भने, ‘पार्टीका थुप्रै साथीहरू पीडामा हुनुहुन्छ। जो जहाँ हुनुहुन्छ खटिराख्नुभएको छ। आज अपराह्न ४ बजेको कार्यक्रम स्थगित भएको छ। भोलि महिला उद्यमी सम्मेलन थियो, तयारी पनि थियो त्यो कार्यक्रम पनि स्थगित गरिएको छ। अबको केही दिन सबै कार्यक्रम रोकेर हाम्रो ध्यान राहत र उद्धारमा दिनुपर्नेछ।’

यता रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ । यसका लागि रास्वपाको आकस्मिक बैठक बस्दैछ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्नेछ’ सभापति रवि लामिछानेले जानकारी दिए ।

संसद्मा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । साथै, रास्वपाका सांसदहरूले बेग्ला बेग्लै नभएर सामुहिक रुपमा सरकारलाई, आपत्तमा सरकारलाई कसरी सघाउन सक्छ भनेर निर्णय नै गर्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ