झापा, १७ भदौ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस हुनुभएको छ । पार्टीको क्षेत्रीय कार्यसमितिको आज भएको बैठकमा नेता सिटौलाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको क्षेत्रीय सभापति एवं भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो ।
बैठकबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगु सिफारिस हुनुभएको उहाँले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ प्रदेश (क) बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख) बाट नवीन विमली, भगीरथ पोद्दार र भरत प्रसाइँको नाम सिफारिस भएको छ । प्रदेश (क) मा राजवंशीको एकल नाम सिफारिस भएको हो ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














