नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा विगतकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन् । एनपीएलका सबै खेलहरूको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले गर्नेछ । उद्घाटन खेल सुरु हुनुअघि कीर्तिपुरस्थित क्रिकेट मैदानमा उल्लेख्य रुपमा दर्शकहरू पुग्न थालेका छन् ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सविरुद्ध सुरुआती ब्याटिङ गर्ने भएको छ । सोमबार लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जित्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिए ।



खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छ । लुम्बिनी प्रतियोगिताको साविक विजेता हो । गत सिजन टोलीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसैले टोली यस सिजन उपाधि रक्षा गर्ने लक्ष्यमा छ । तर, टोलीले दुई संस्करण खेलिसक्दा पनि समूह चरणमा सुदूरपश्चिमलाई हराउन सकेको छैन ।
यता, सुदूरपश्चिम भने दुवै संस्करणको उपविजेता हो । गत सिजनसँगै टोलीले पहिलो सिजनमा फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटको हार व्यहोरेको थियो । त्यसैले यस संस्करण उक्त पीडा भुलाउँदै उपाधि जित्ने दाउमा छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














