काठमाडौँ, ९ कात्तिकः कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ ।



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकबीच आज मन्त्रालयमा छलफल भएको हो ।
छलफलमा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडान सेवा सञ्चालनका क्रममा देखिएका समस्या पहिचान गर्दै सेवा प्रभावकारी बनाउने तथा तिनको समाधानका सम्भावित उपायबारे विचारविमर्श गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














