नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका छन्। त्रिवि मैदान पुगेर उनले एनपिएलको उद्घाटन गरेका हुन्। उनीसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि कीर्तिपुर पुगेका छन्। प्रधानमन्त्री बालेन शाह मैदान प्रवेश गर्दा क्रिकेट समर्थकहरूले हुटिङ गरेका थिए। अघिल्ला संस्करणका उद्घाटन समारोहमा पनि प्रधानमन्त्री गएका थिए। उनले अम्पाएरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।
आजको उद्घाटन खेलले अघिल्लो सिजनको फाइनल खेलको झल्को दिनेछ। दोस्रो संस्करणको फाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो भने उपाधि लुम्बिनीले जितेको थियो। लुम्बिनी जितलाई निरन्तरता दिने र सुदूरपश्चिम बदला लिने दाउमा आज मैदान ओर्लिनेछ।



प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














