उमेश भट्टराई, काठमाडौं
नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन ओनसारी घर्ती मगरले जित्नु आवश्यक रहेको कुरा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । आइतबार काठमाडौ निर्वाचन क्षेत्र नं २ मा भएको सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले प्रतिगमनको खतरा अझैपनि रहेको बताएका हुन् । प्रशिक्षण कार्यक्रममा देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको बताए

“नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ” प्रधानमन्त्री देउवाको भनाइ छ । उनले अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । देउवाले ओनसरीले पार्टीको आदेशमा नभई आत्माको आदेशमा चलेको र उनी सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुखको भूमिकामा रहेको भन्दै प्रशंसा गरे । देउवाले ओनसरीलाई जिताउन काँग्रेस नेता कार्यकर्ता र काठमाडौं क्षेत्र नम्बर–२ का मतदातालाई अपिल गर्दै उनले सो क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा देउवाले निर्वाचनमा कुनै पनि पार्टीको एकल बहुमत नआउने भएकाले तालमेल गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ