सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘छठ सम्बन्ध २०८३: संस्कृति, नेतृत्व र सिटिजन्स कनेक्ट’ शीर्षकमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मधेश प्रदेशका प्रादेशिक प्रमुख, शाखा प्रबन्धक तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्कृति संरक्षण, नेतृत्व विकास, कर्मचारीबीचको आपसी सम्बन्ध सुदृढीकरण तथा समुदायसँगको संस्थागत सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गणेशराज पोखरेलसहित वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।



बैंकले मधेश प्रदेशका आठवटै जिल्लामा २९ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ वटा एक्सटेन्सन काउन्टर तथा ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
बैंकले परम्परागत बैंकिङ सेवासँगै डिजिटल तथा लक्षित ग्राहक सेवाको विस्तारलाई समेत प्राथमिकता दिएको छ। यसअन्तर्गत सिटिजन्स फोनपे क्रेडिट कार्ड, जेनेरेसन जेड (Gen-Z) बचत खाता, डिजी बैंक, फ्रीलान्सर बचत खाता तथा मोबाइलमार्फत सेयर आवेदन र सीआरएन सेवा सञ्चालनमा ल्याएको छ।
संस्थागत सुशासन, नवीन बैंकिङ प्रविधि, ग्राहक सेवाको गुणस्तर तथा कर्मचारीको नेतृत्व क्षमता विकासलाई प्राथमिकता दिँदै आएको बैंकले यस्ता कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध थप मजबुत बनाउने विश्वास लिएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













