५ मंसिर, काठमाडौं । जर्ज मन्सेको विस्फोटक शतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

सुदूरपश्चिमका ओपनर जर्ज मन्सेले आक्रामक ब्याटिङ गर्दै शानदार शतक प्रहार गरेपछि टोलीले सहज जित निकालेको हो ।

यससँगै सुदूरपश्चिमले तेस्रो प्रयासमा एनपीएलको उपाधि जित्न सफल भएको छ । यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँगै उपाधि भिडन्तमा हारेको थियो ।

यसपटक भने फाइनलमा लुम्बिनीलाई नै हराउँदै सुदूरपश्चिमले अघिल्लो हारको बदला लिएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । तर सुदूरपश्चिमले उत्कृष्ट ब्याटिङ गर्दै लक्ष्य सहजै पूरा गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ