६ मंसिर, नयाँ दिल्ली । दुईदिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीसँग भेटवार्ताका लागि जयशंकर होटल पुगेका थिए ।

भेटवार्ता सम्पन्न भएपछि प्रधानमन्त्री शाह साँझ ७ बजे आयोजना हुने नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रममा सहभागी हुनेछन् । आजका लागि प्रधानमन्त्रीको अन्य औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन् ।

त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ