६ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार स्थानीय तहलाई जोडेर नगर बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। महानगरपालिकाले मंसिरभित्रै सेवा सुरु गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए।

नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय भएको उनले बताए।

कोषमा वीरगञ्ज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ योगदान गर्नेछन्।

नगर बस सेवा सञ्चालनमा आएपछि चारवटै पालिकाका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ