काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाइएको छ। हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ। बिहानका समयमा तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।



पोखरामा आज वर्षाको सम्भावना नरहेको र तापक्रम करिब १२ देखि २३ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













