हावाहुरीका कारण अस्थायी आवासका लागि प्रयोग गरिएका त्रिपाल उडाउँदा बाढीपीडित परिवार थप समस्यामा परेका छन्। त्रिपाल उडाएपछि उनीहरूलाई वर्षा, चिसो तथा हावाहुरीबाट जोगिन कठिनाइ भएको छ।

त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन्।

उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेकी थिइन्। आफू जस्तै विस्थापित भएका अरु पाँच परिवार पनि त्रिपाल उडाएपछि विचल्लीमा परेको उनी बताउँछिन्।बेमौसमी हावाहुरीले त्यही त्रिपाल पनि उडाएपछि उनको फेरि घरवास उठेको छ । “बिहान ३ बजे तिरबाट हाहाहुहुको ठूलो आवाज आएको थियो । फेरि बाढी आएछ कि भनेर उठेर बाहिर हेर्न गएँ । होइन रहेछ”, लालमायाले भनिन्, “हावाहुरी चलेको रहेछ भनेर फेरि पालभित्र आएर सुतेँ । तर एकछिनपछि त्यही पाल पनि उडाएर लग्यो । हामीलाई फेरि खुला आकाशमुनि बनायो ।”

अस्थायी आवासमा बस्दै आएका पीडितहरू त्रिपाल उड्दा खुला आकाशमुनि बस्न बाध्य भएका छन्। उनीहरूले सुरक्षित आवासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ