९ मंसिर, रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटन प्रवर्द्धनसँगै स्थानीय गाउँबस्ती र ग्रामीण अर्थतन्त्रलाई जोड्ने उद्देश्यले साइकल पर्यटन अभियान सुरु गरिएको छ ।

लुम्बिनी आउने पर्यटकलाई धार्मिक तथा पुरातात्विक सम्पदासँगै आसपासका गाउँबस्ती, स्थानीय संस्कृति, प्राकृतिक स्थल र जनजीवनको अनुभव गराउने लक्ष्यसहित मङ्गलबारदेखि लुम्बिनी साइकल यात्रा सञ्चालनमा ल्याइएको हो ।

लुम्बिनी होटल सङ्घ नेपालको पहल तथा पर्यटन क्षेत्रका सरोकारवालाको सहकार्यमा दिगो पर्यटन परियोजनाअन्तर्गत सुरु गरिएको अभियानमा ८, १६ र २४ किलोमिटरका तीनवटा साइकल मार्ग तयार गरिएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बाट सुरु हुने साइकल मार्गले पर्यटकलाई मायादेवी मन्दिर र पवित्र उद्यानबाहेक आसपासका ग्रामीण बस्ती, पुरातात्विक सम्पदा तथा स्थानीय जीवनशैलीसँग परिचित गराउनेछ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्गविक्रम शाहले पर्यटन विकास गर्दा पर्यटकको सङ्ख्या बढाउने मात्र नभई वातावरण संरक्षण, स्थानीय जीविकोपार्जन र समुदायको प्रत्यक्ष लाभलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

उनले लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रलाई साइकलका माध्यमबाट जोडेर ग्रामीण समुदाय, सम्पदा र स्थानीय जनजीवनलाई अन्तर्राष्ट्रिय पर्यटकसमक्ष पुर्‍याउने प्रयास महत्वपूर्ण रहेको उल्लेख गरे ।

साइकल पर्यटनले पर्यटकको बसाइ अवधि लम्ब्याउन, स्थानीय उत्पादनको बजार विस्तार गर्न र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका लागि लुम्बिनी विकास कोष, स्थानीय सरकार, होटल व्यवसायी तथा पर्यटन क्षेत्रका अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको शाहको भनाइ छ ।

यस अभियानबाट स्थानीय कृषि उत्पादन, हस्तकला, परम्परागत परिकार र घरेलु उत्पादनको बजार विस्तार हुने अपेक्षा गरिएको छ । साथै गाउँमा घरबास, चिया, कफी तथा स्थानीय परिकारका व्यवसाय बढ्नुका साथै युवाका लागि रोजगारी र स्वरोजगारीका अवसर सिर्जना हुन सक्नेछन् ।

लुम्बिनीलाई केन्द्र बनाएर कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामलगायत बुद्धकालीन तथा प्राचीन सभ्यतासँग सम्बन्धित स्थलको पर्यटन प्रवर्द्धन गर्न सके बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटनको सञ्जालका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी गौतम बुद्धको जन्मस्थलका रूपमा विश्वभर परिचित छ । सम्राट् अशोकले इसापूर्व २४९ मा स्थापना गरेको अशोक स्तम्भको अभिलेखले यसको ऐतिहासिक महत्व पुष्टि गर्छ । मायादेवी मन्दिर, प्राचीन विहार, स्तूप र पुरातात्विक अवशेष यहाँका प्रमुख आकर्षण हुन् ।

साइकल पर्यटनले लुम्बिनीको धार्मिक पहिचानलाई ग्रामीण पर्यटनसँग जोड्दै पर्यटकको बसाइ अवधि र खर्च बढाउन तथा पर्यटनबाट प्राप्त आर्थिक लाभ स्थानीय समुदायसम्म पुर्‍याउ

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ