सरिता गैह्रे, स्याङ्जा

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ (ख) गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार तथा नेपाली काङ्रेसका नेता महेश भट्टराईले चापाकोटको रामडाँडालाई जिल्लाकै प्रमुख पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्ने बाताउनु भएको छ। स्याङ्जाको चापाकोट नगरपालिका ५ रामडाँडामा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेस नेता भट्टराईले स्थानीय, प्रदेश र संघ सरकारसँग सहकार्य गरेर पर्यटकिय स्थलको रुपमा चापाकोटलाई अगाडि बढाउने बताउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले स्याङ्जा जिलाकै दोस्रो ठुलो नदी ज्याग्दी खोलामा जलबिद्युत आयोजनाको डिपिआर लगायतको काम अगाडि बढाउने समेत बताउनुभएको छ ।

“रामडाँडा चापाकोटको एकदमै महत्वपूर्ण पर्यटकीयस्थल हो । यहाँबाट स्याङ्जाका पुर्बी तथा पाल्पा, तनहुँ, नवलपुरका मनोरम दृष्य देख्न सकिन्छ । यो क्षेत्रमा प्याराग्लाईडिङको राम्रो सम्भावना छ । अब यो क्षेत्रको मुहार फेर्नु जरुरी छ भन्दै भट्टराईले प्याराग्लाईडिङको परीक्षण भइसकेको हुँदा रामडाँडादेखि दामाचौरसम्मको प्याराग्लाइडिङ नियमित गराईने र रामडाँडादेखि कोटकालिकासम्म रेलिङसहितको पदमार्ग निर्माण गर्न सहयोग गर्ने भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामडाँडादेखि कोटकालिकासम्म जीपलाइन सञ्चालन गर्नको लागि निजी क्षेत्रसँग सहकार्य गरेर योजना अगाडि बढाउने उहाँको भनाई छ ।लामोसमयदेखि अलपत्र परेको मिर्दी भिमाद सडकको काम अगाडि बढाउन विषयमा समेत पहल गर्ने काँग्रेस नेता भट्टराईले बताउनुभयो । मङिसर ४ गतेको आसन्न निर्वाचन नजिकिदै गर्दा उमेद्ववारहरु घर दैलो अभियानलाई तिब्रता दिएका छन् । उक्त समयमा उमेद्ववारहरुले आफ्ना भावी योजनाहरु जनताका माझ प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ