सरिता गैह्रे, स्याङ्जा
२०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धन गर्दा पनि जित हात नपरेको स्याङ्जाको एक मात्र निर्वाचन क्षेत्र २ (ख) यति बेला चर्चामा छ । प्रदेश सभा सदस्यको एक पदका लागि स्याङ्जा क्षेत्र नं २ (ख) मा नेपाली काङ्रेसबाट महेश भट्टराई र नेकपा एमालेका बुद्धिमान श्रेष्ठको मुख्य प्रतिस्पर्दा हुने देखिएको छ ।


२०३४ सालमा कपिलदेव भट्टराई र पवित्रा भट्टराईको पाँच भाई छोरा मध्य कान्छा छोराको रुपमा स्थानिय ब्यापारिक घरानामा साविक जतत्रदेवी ९ आमिलाखर्कमा जन्मेका महेश भट्टराई नेपाली काँग्रेस पार्टिको सकृय राजनितिमा भने २०६४ देखी लागेका हुन् ।
भट्टराईले विद्यालय तहको अध्ययन सुरुवात पाल्पाको हेक्लाङमा रहेको प्रा बि बाट गरेका थिए भने गल्याङमा रहेको भानुभक्त आचार्य माविबाट २०५० सालमा एसएलसी पास गरे । ब्यापारिक परिवारमा जन्मिएका भट्टराई उच्च शिक्षाकै क्रममा स्वदेशमै केही गर्नु पर्छ भन्ने हुँदाहुडिले यसै बस्न सकेन् त्यसपछी होटल ब्यवस्थापनको तालिमका लागि मलेसियामा ३ बर्ष र भारतको बेङ्लोर मा २ बर्षको तालिम पुरा गरेर स्वदेश फर्किए पनि देशमा बढीरहेको बिसम परिस्थितीले सपना साकार हुन सकेन । त्यसपछी नेता भट्टराई वालिङ बहुमुखी क्याम्पसबाट २०५६ मा प्रबिणता प्रमाण पत्र उत्तीर्ण र सोही क्याम्पसबाट स्नातक सम्मको अध्ययन गरे। प्राय केही नगरि नबस्ने भट्टराई केहीसम्म शिक्षण पेशामा पनि आवद्ध भए । त्यसपछि पारिवारिक ब्यापार पेशालाई निरन्तरता नै दिने निधो गरी केही गर्नुपर्छ भनेर उहाँले २०५६ मा महेश इन्टरप्राईजेजको नामबाट गल्याङ बजारमा तामाका भाडा उत्पादन र बिक्री सञ्चालनमा ल्याए सो व्यवसाय अहिलेसम्म निरन्तर रुपमा सञ्चालनमा छ । भट्टराई परिवार स्याङ्जामा पहिलो ग्रामीण उद्योग ( जगत्र देबी सुती कपडा उद्योग) संचालन गर्ने परिवार समेत हो ।
वि सं २०४६ को जन आदोलनमा आफ्ना दाजुहरु सँगै लागेका भट्टराई २०४७ बाट बिधार्थी राजनीतिमा नेपाल बिद्यार्थी संघको सदस्यको रुपमा सकृय हुन थालए भने २०४९ भानुभक्त माविमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएर भट्टराईले विद्यार्थी राजनीतिको नेत्रित्व गरे । दाजुहरु नेपाली काँग्रेसको सकृय राजनीतिमा लागेका कारण पनि युवा नेता महेश भट्टराईलाई प्रजातान्त्रिक समाजबाद बुज्न गर्हो भएन । देशमा प्रजातन्त्र आई सकेपनी बिस्तारै देश द्वन्दमा होमिएका कारण कसैले पनि आफ्नो घरमा पार्टिका गतीबिधी गर्न डराउथे त्यस्तो अवस्थामा उनका माईला दाजु लक्ष्मण प्रसाद भट्टराईले १९ बर्ष पार्टी कार्यालय आफ्नै घरमा राखे सोही समयमा त्यहा रहेका बिपिका पुस्तकहरु अध्ययन गर्ने मैका भट्टराईले प्राप्त गरे । माईला दाजु नेपाली काँग्रेस क्षेत्र नम्बर ३ सचिव हुँदै स्याङ्जा जिल्ला सचिव सम्मको सकृय राजनिती, साईला दाजु लेखनाथ भट्टराई गल्याङ उधोग बाणिज्य संघको सस्थापक अध्यक्ष भएका कारण पनि दाजुहरुको बाटो समाउदै महेश भट्टराईलाई आम्दानिका लागि ब्यापार र समाज सेवाका लागि राजनीति सँगै लैजान सफल भए ।
विसं २०७१ मा नेपाल तरुण दलको क्षेत्रीय अध्यक्ष भएर काम गरेका नेता भट्टराईलाई संगठनले नयाँ जिम्बेवारी प्रदान गर्यो। विसं. २०७२ मा भुकम्प पछी उनकै नेतृत्वमा जिल्ला भर विद्यालय पुनः निर्माण, अस्थायी टहरा निर्माण र टोल टोलमा राहत वितरणको जिम्मेवारी तरुण दल स्याङ्जा अध्यक्ष भागवत प्र्कास मल्लले दिएका थिए। उनले गरेको ति कार्यहरु जनता माझ अहिलेपनि प्रशंसा हुने गरेको छ । तरुण दलको अध्यक्ष भएको बेलामा महेश संगठन विस्तार गरी युवाहरुलाई सक्रिय भए।
विसं २०५४ मा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएका भट्टराई नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा तत्कालिन जगतत्रदेवी गाविसको सचिव, १३ औँ महाधिवेशन स्याङ्जा क्षेत्र नं ३ को पार्टी सचिव निर्वाचित भए भने १४ औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र २(ख) को प्रदेश सभापतिमा भारी मतले विजयी भई प्रदेश ख सभापतिको रुपमा कार्यरत छन् । वि सं २०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा गल्याङ नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा नेकाको तर्फबाट एक्लो निर्वाचित भएर आफ्नो वडामा प्रदेश सरकारबाट करोडौंको बजेट भित्राउन सफल भएका भट्टराई जनबिकास प्रेमी नेताका रुपमा नगर भरी पारीचित भए । आफ्नै कार्यकालमा वडा कार्यालयको आफ्नै भवन निर्माण, वडाभित्रका अधिकांश ठाउँमा खानेपानीको समस्या समाधान, ढल निकासको लागि व्यवस्थित योजना बनाई काम भट्टराईकै नेत्रित्वमा भए । यीमध्ये केही सम्पन्न भए पनि केही निर्माणको चरणमा रहेको छ ।
कोरोना महामारीको बेलामा गाडी नपाएर बिचल्लीमा परेका ब्यक्तिलाई भट्टराई आफ्नै सवारीसाधन प्रायोग गरी बिरामी ओसार्ने, घर घरमा राहत वितरण पुर्याउने काम समेत गरे। यस क्रममा आँफै समेत कोरनाको सिकार समेत बन्न पुगे तर पनि जन सेवामा निरन्तर लागिनै रहे ।
युवा नेता भट्टराई लायन्स क्लव, नेपाल रेडक्रस सोसाईटी, लगाएतका सामाजिक सस्था, गल्याङ उद्योग वाणिज्य संघ, भानु भक्त आचार्य मा बि, गल्याङ बहुमुखी क्याम्पस लगायत शैक्षिक सस्थाको ब्यवथापकको रुपमा जिमेवारी पुरा गरेका छन् । राजनीतिलाई समाजसेवाको रुपमा लिने भट्टराई बिपीको सिद्धान्त अरुलाई भाषण गरेर सुनाउने भन्दा ब्यावहारमा उतार्न काम गर्ने नेताको रुपमा परिचित छन् ।

भुकम्प पछी पुनर्निर्माणमा सकृय नेता भट्टराई
गत निर्वाचनमा प्रदेशसभामा नेपाली काँग्रेसका भागवत प्रकाश मल्लले १९ हजार १ सय ७० हजार मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सूर्यप्रसाद गैह्रे पारसले १७ हजार ६ सय ३० मत ल्याएका थिए भने गत बैशाखमा भएको स्थानीय चुनावको अन्तिम पारीणाम हेर्दा स्याङ्जा क्षेत्र २ (ख) मा नेपाली काँग्रेस अगाडी देखिन्छ ।
यस निर्वाचन क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १० र ११ वडा समाबेश छन् ।
प्रदेश सभा सदस्य पदका लागि स्याङ्जा क्षेत्र नं २ (ख) बाट भट्टराई सँगै नेकपा एमालेका बुद्धिमान श्रेष्ठ, मौलिक जरोकिलो पार्टीका तोयानाथ ढकाल, मंगोल नेशनल अर्गनाइजेसनका खर्कबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल प्रसाद डुम्रे र राष्ट्रिय जनमुक्ति पार्टीका खडक बहादुर झेडीको उम्मेदवारी रहेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














