काठमाडौँ,
१२ साउन
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसुचक १५.४९ अङ्कले उकालो लागेर दुई हजार १२७.४७ मा पुगेको छ ।



ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७० अङ्कले उकालो लागेर ४०५.६२ मा पुगेको छ । कूल २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर रु चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने १० उपसमूहको शेयर मूल्य उकालो लागेको छ । निर्जीवन बीमा ०.५५, उत्पादन २४.७१ र अन्य उपसमूहको शेयर मूल्यमा ३.२५ अङ्कले गिरावट भएको छ । बैंकिङ १.६६, व्यापार ४.७३, होटल तथा पर्यटन ६४.९६, विकास बैंक ८५.४२, जलविद्युत् २९.९८, वित्त ५९.७७, लघुवित्त ७०.७३, जीवन बीमा १५.११, सामूहिक लगानी कोष ०.०७ र लगानी २.०१ अङ्कले उकालो लागेको छ ।
बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ३७ अर्ब ९० करोड पाँच लाख १४ हजार ७३२ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ९६ लाख ८६ हजार ६१२ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १५ करोड ८६ लाख ३४ हजार २७४, माथिल्लो तामाकोशी रु १४ करोड १७ लाख ८० हजार ९१३, अपि पावर कम्पनी रु १३ करोड ४८ लाख ११ हजार १४३ र नागरिक लगानी कोष रु १३ करोड १७ लाख ४५ हजार ६६१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














