दमौली (तनहुँ), २१ फागुनः


व्यास नगरपालिका-११ मा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर खड्का र समुन्द्र खड्काले किरिया बसेको अवस्थामा मतदानमा सहभागिता जनाउनुभएको हो ।
उहाँहरूले तनहुँ आधारभूत विद्यालय बेलटारी मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको मतदान अधिकृत सुदीप कँडेलले जानकारी दिनुभयो । नागरिक आफ्नो कर्तव्यप्रति सचेत रहँदै व्यक्तिगत शोकमा पनि मतदानमा सहभागी भएका हुन् ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














