९ चैत, काठमाडौं ।


नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरिएको छ । केन्द्रीय समितिको मंगलबार बस्ने बैठकमा नियमित महाधिवेशनको कार्यतालिकामा छलफल हुने नेताहरुले जानकारी गराएका छन् ।
सभापति गगन थापा चुनावपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन् । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षता बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्विकृत गरेको थियो ।
सभापति थापाले अध्यक्षता गर्ने मंगलबारको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने एक केन्द्रीय सदस्यले जानकारी गराए ।
उनी भन्छन्,‘भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका आउँछ । वर्खा अघि क्रियाशील सदस्यताको काम सकेर तल्लो तहको अधिवेशन सुरु गर्छौं ।’ बीपी जन्मजयन्ती (भदौ २४) मा महाधिवेशन उद्धघाट्न गर्ने गरी कार्यतालिका ल्याउने तयारी भएको ती नेताले जानकारी गराए
नियमित महाधिवेशन गर्ने गरी यसअघि पुसको कार्यतालिका ल्याइए पनि कार्यान्वयन भएको थिएन । नियमित महाधिवेशन नभएसँगै विशेष महाधिवेशन गरिएको थियो । पूर्व सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले विशेष महाधिवेशनको विपक्षमा देखिएका थिए-छन् ।
क्रियाशील सदस्यता सम्पूर्ण खारेज गरेर नयाँ सुरु गर्ने विषयमा पनि पार्टीभित्र बहस सुरु भएको छ । एक केन्द्रीय सदस्य भन्छन्,‘क्रियाशील सदस्यता सबै खारेज गरेर नयाँ तरिकाले अघि बढ्ने दबाब पनि छ । अर्कोतर्फ, क्रियाशील सदस्यतताको काम धेरै ठाउँमा सकिएको छ । यी दुबै कुरालाई मध्यनजर गरेर सदस्यताका बारेमा निर्णय लिन्छौं
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














