काभ्रेपलाञ्चोक, १७ असारः


अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा आज विद्युतीय गाडीले स्कुटलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई ठक्कर दिँदा त्यसकी चालक २४ वर्षीया मीनकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
उक्त वाहन र त्यसका चालक कर्णबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
––– –
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










