२२ चैत, काठमाडौं


। धितोपत्र बजारको नियमित कारोबार समयभन्दा अघिपछि पनि खरिद बिक्री आदेश गर्न पाइने व्यवस्था हुने भएको छ । विदेशमा रहेका नेपाली र कार्यालय समयमा सेयर कारोबार गर्न नपाउनेलाई सहज हुनेगरी यस्तो व्यवस्था गर्न लागिएको हो ।
कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समय पछि पनि अर्डर गर्न सकिने व्यवस्था गर्न लागिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताएधितोपत्रको दोस्रो बजारमा पर्याप्त तरलता कायम गर्न तथा कारोबारको आकार समेत बढाउन यसले मद्दत गर्ने श्रेष्ठको भनाइ छ । ‘नेप्सेको नियमित कारोबार दिउँसो ३ बजे बन्द हुन्छ, नयाँ व्यवस्थापछि बजार बन्द भए पनि खरिद बिक्री आदेश प्रविष्ट हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि नेप्सेले पठाएको कारोबार विनियमावलीको संशोधन प्रस्ताव पनि स्वीकृत हुने चरणमा छ ।’ धितोपत्रको प्राथमिक बजारका लगानीकर्ता दोस्रो बजारमा प्रवेश गराउनलाई पनि ‘अफ आवर’ खरिद/बिक्री आदेशको व्यवस्था गर्न लागिएको उनले बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














