१५ वैशाख, काठमाडौं ।

रातो मत्स्येन्द्रनाथको रथ तानेर ललितपुरको लगनखेल पुर्‍याइएको छ ।

ललितपुरको विभिन्न भाग घुमाउँदै रथलाई तानेर मंगलबार लगनखेल पुर्‍याइएको हो ।

रातो मत्स्येन्द्रनाथ रथयात्राको एक महत्त्वपूर्ण चरण मानिने ‘रथ पूजा’ का लागि लगनखेलमा बिहानैदेखि भक्तजनहरूको ठूलो भिड लागेको थियो ।रथमा पूजाअर्चना गरी मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । जसका कारण उपत्यकाका विभिन्न क्षेत्रबाट सर्वसाधारण भक्तजनहरू लगनखेलमा जम्मा भएका थिए । रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालको देवताको रूपमा पुजिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ