काठमाडौँ, ५ जेठः


संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको थियो । समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो । शर्माविरुद्ध समितिमा १६ उजुरी परेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










