काठमाडौँ, १५ जेठ : सरकारले मुलुकलाई एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको छ ।


अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आव २०८३÷८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै काठमाडौँको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने उल्लेख गर्नुभयो ।
“हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ, स्वच्छ जलविद्युत् ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु”, उहाँले भन्नुभयो ।
नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बौद्धिकताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
एआईको क्षेत्रमा अन्तरराष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा १५ जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसीप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रण गर्ने सरकारको योजना छ । त्यस्तै एआईको युगमा महत्त्वपूर्ण भूमिका हुने गणितलगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिने उहाँले बताउनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










