काठमाडौँ, १० साउनः


भारत सरकारको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ ।
उक्त भवनको आज नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
दूतावासले सञ्चालन गरेको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण हुने उक्त भवन कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ । परियोजनामार्फत कञ्चनपुरमा सञ्चालन भइरहेको यो ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । भवन निर्माणमा रु एक करोड नौ लाख खर्च हुनेछ ।
भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले भारत सरकारद्वारा प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










