धरान (सुनसरी), २९ जेठः


सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिका-९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ आउँदै गरेको १५ जना सवार बस आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनापछि कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा मूलघाट सडक केही समय अवरुद्ध बनेको थियो । हाल उक्त खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिनुभयो । दुर्घटनापछि घाइतेको उद्धार गरी केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केहीलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










