ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीले आइपिओ निष्काशन पछिको पहिलो वर्षमै १० प्रतिशत बोनस शेयर दिएको ज्योतिले यस आर्थिक वर्षका लागि भने शेयरधनीहरुलाई लाभांश नदिने निर्णय सहिति वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ ।
कम्पनीको साउन २० गते दिउँसो साढे एक बजे कर्पोरेट कार्यालय ज्ञानेश्वरमा बसेको सञ्चालक समितिको ११३ औ बैठकबाट कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन परित गरि स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।कम्पनीले सूर्या लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको छ । मर्जर प्रकृयाँमा गएकाले पनि कम्पनीले यस वर्षका लागि लाभांश नदिने घोषणा गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीले बीमितहरुको बोनसदर तालिका सार्वजनिक गरिसकेको छ ।


प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










